आइसल्याण्ड इंग्ल्याण्डविरुद्ध

अष्ट्रियालाई अविश्वसनीय रुपमा २-१ गोलले हराएर अन्तिम १६ मा प्रबेश गरेको आइसल्याण्डका स्टार मिडफिल्डर गिल्फी सिगर्डसन मान्छन् कि उनी र उनको टोलीले प्रि-क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराउने अपेक्षा गरेको छैन ।
आफ्नो टोली आइसल्याण्डलाई इंग्लिस प्रिमियर लिग बिजेता लिसेस्टरसँग तुलना गर्दै उनले भने, ‘इंग्ल्याण्डबिरुद्ध हामी एकदमै ठूलो अण्डरडगको रुपमा छौं ।’
आइसल्याण्ड समूह एफको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । खेलको अन्त्यतिर गरेको गोलको सहयोगमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै उसले समूहमा पोर्चुगललाई उछिन्यो र राउण्ड अफ सिक्स्टिनमा रोय हट्सनको टोलीसँगको भेट पक्का गर्‍यो ।
पहिलो पटक ठूला प्रतियोगिताको फाइनल चरण खेलेको आइसल्याण्डको यस ऐतिहासिक उपलब्धि किन पनि उल्लखनीय छ भने त्यहाँको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । र, यो, प्रिमियर लिग विजेता लिइस्टर शहरको जनसङ्ख्या भन्दा मात्र ७ हजार कम हो ।
र सिगर्डसनले मानेका छन् कि इंग्ल्याण्डबिरुद्ध आफनो टोलीले पक्कै पनि अनुकुल नतिजा हासिल गर्न सक्दैन । र यसमा उनीहरु दुःखी पनि हुँदैनन् । यद्यपि इंग्लिस मिडियाका केहि हेडलाइनले भने उनी र उनको टोलीलाई केहि दुःखी बनाउन सक्नेछ ।
यदि आइसल्याण्ड इंग्ल्याण्डबिरुद्ध अण्डरडगको रुपमा पेश भयो भने ? भन्ने पत्रकारले सोधेको प्रश्नमा सिगर्डसनले भने ‘हो मैले पनि त्यही सोचिरहेको छु । हाम्रो मुलुकको आकार पनि लिसेस्टरको जस्तै छ ।’
उनले थपे, ‘हामीलाई राम्रोसँग थाहा छ कि इंग्ल्याण्ड एउटा उत्कृष्ट टोली हो । टोलीमा अनुभवी र युवा खेलाडीको बर्चश्व छ । र हामी ‘अण्डरडग’ हौं ।’
‘हामीले यसअघि पनि ठूला टोलीहरु जस्तै पोर्चुगल, नेदरल्याण्ड्स, चेक गणतन्त्र, टर्की लगायतसँग खेलेका थियौं र राम्रो नतिजा हासिल गरेका थियौं’ सिगर्डसनले अघि भनेका छन्, ‘हामीलाई कुनै दबाव हुनेछैन । तर, तपाईं इंग्ल्याण्डलाई हेर्नुस्, यदि उ हामीसँग हार्‍यो भने इंग्लिस मिडियाले थोरै प्रचार गर्नेछन् ।’
यता अहिले इंग्ल्याण्ड पनि आफ्नो राम्रो लयको खोजीमा छ । समूहमा दुई बराबरी र १ जितपछि उ समूह ‘बी’ मा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । उसले रुस र स्लोभाकियासँग बराबरी खेलेको थियो भने एकमात्र जित वेल्सबिरुद्ध निकालेको थियो ।
सिगर्डसनले टिप्पणी गरेका छन् कि ‘इंग्लिस टोलीमा धेरै कमजोरी छैन । टोली निक्कै राम्रो छ र उसले कठिन समूहमा मध्यम खेल प्रदर्शन गरेरैपनि राम्रो नतिजा निकालेको छ । उसको उत्कृष्ट प्रदर्शन हेर्न बाँकी नै छ ।’
‘हामीले इंग्ल्याण्डबिरुद्ध लामो समयसम्म रक्षात्मक खेल खेल्नुपर्नेछ’ उनले भने, ‘तर हामीले यसअघि नै प्रमाणित गरिसकेका छौं कि हामी यसका लागि सक्षम छौं ।’

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.