Responsive Ad Slot

ताजा समाचार

latest

रोनाल्डो आलोचित

Jun 24, 2016

/ by Arena Tv
पोर्चुगलले हंगेरीसँग ३-३ नाटकीय बाराबरी खेल्दै युरोकप २०१६ को नकआउट चरणमा स्थान बनाउँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो म्यान अफ द म्याच घोषित भए ।
पछिल्लो समय लगातार आलोचना खेपिरहेका रोनाल्डोले दुई गोल गरेका थिए भने एक गोलको पास मिलाएका थिए । तर, उनी यो पटक पनि आलोचनामुक्त हुन सकेनन्, कारण खेलपछिको पत्रकार सम्मेलनमा देखाएको व्यवहार
उनले पत्रकारले सोधेका कुनैपनि प्रश्नको जवाफ दिएनन् । खेल सकिएको १ घण्टापछि पत्रकार सम्मेलनमा उपस्थित भएका ३१ बर्षीय रोनाल्डोले केही बोले । तर, कुनै प्रश्नको सामना गर्न तयार भएनन् र उठेर हिडे ।
‘खेलको म्यान अफ द म्याच चुनिनु गौरवको कुरा हो । तर हाम्रो प्राथमिकता खेल जित्नु थियो तर हामी यस्तो गर्न असफल रहृयौं’ रोनाल्डोले भने ।
रोनाल्डोले अघि भने, ‘हामी कम्तिमा नकआउट चरणका लागि छनौट हुन चाहन्थ्यौं । हामीले सोचेका थियौं कि दोस्रो स्थानमा आउनेछौं । तर, आइसल्याण्डले अन्तिम मिनेटमा गोल गर्दै अष्ट्रियाबिरुद्ध जीत हासिल गर्‍यो । त्यसैले हामी समूहमा तेस्रो भयौं ।’
पोर्चुगलले राम्रो प्रदर्शन गरेको भन्दै उनले हंगेरीले पहिले गोल गरेपछि आफूहरु गोल फर्काउन सफल भएको बताए । रोनाल्डोले थपे, ‘हाम्रो टोली खराव स्थितिमा थियौं । र, उनीहरुले तीनै पटक अग्रता लिएका थिए तर हामीलाई अहिल्यै घर जानु थिएन । त्यसैले हामीले गोल फर्काउने प्रयास गर्‍यौं र सफल भयौं ।’
आफ्नो संक्षिप्त बयानपछि पत्रकारहरुले उनीमाथि थुप्रै प्रश्नहरु सोधेका थिए । तर उनले त्यसलाई नजरअन्दाज मात्र गरेनन् पोर्चुगिज मिडिया अफिसर तर्फ सोध्न आग्रह गर्दै भने, ‘यो मेरा लागि होइन ।’
हंगेरीसँग खेल्नु अघि उनले पोर्चुगलका एक टेलिभिजन पत्रकारको ‘बुम माइक’ खोसर पोखरीमा फालिदिएका थिए । त्यसपछि उनी पहिलो पटक पत्रकारसामू उपस्थित हुँदा दिउँसोको घटनाबारे प्रश्न नसोधियोस भन्ने चाहन्थे ।
त्यसैले उनी पत्रकारहरुको कुनै पनि प्रश्नको जवाफ नदिई हिँडे । उनको यस्तो व्यवहारको निकै आलोचना भएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat