नेपालले टप १० टेष्ट टिमसँग खेल्ने

असार ५।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ ।
जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ ।
यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क साधारणसभामा पेश हुनेछ र त्यहाँबाट पास भए २०१९ बाट लागू हुनेछ ।
टेलिग्राफका अनुसार प्रस्तावित लिगमा १० शीर्ष टेष्ट टिम रहनेछ । यस्तै अफगानिस्तान र आयरल्याण्डे पनि खेल्ने पक्का जस्तै छ । १३ औं टिम एशोसिएट नेशनबाट हुनेछ ।
यो लिग तीन वर्षको हुनेछ र यो अवधिमा सबै देशले एक अर्कासँग होम एण्ड अवेका आधारमा खेल्नेछन् । प्रस्तावित योजना अनुसार हरेक टिमले तीन म्याचको सिरिज खेल्नेछन् । यस आधारमा हरेक टिमले तीन वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन् ।
लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ । यसलाई हरेक चार वर्षमा हुने विश्वकपको तयारीका रुपमा समेत हेरिएको समाचारमा जनाइएको छ  । यदि यो प्रस्ताव पारित भएमा स्वत छनोट हुने र विश्वकपमा सहभागी हुने प्रणाली बस्नेछ ।
लिगमा पुछारमा रहने टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ । यदि यो प्रस्ताव पास भएमा अफगानिस्तान र आयरल्याण्डको क्रिकेट विकासमा ठूलो फ्ड्को हुनेछ ।
१३ औं टिमका रुपमा नेपालको सहभागितामा भने केही प्रश्न रहेको क्रिकइन्फोले जनाएको छ । आईसीसीलाई नेपालमा बढ्दो क्रिकेटको लोकपि्रयता राम्ररी थाहा छ । र, त्यही आधारमा नै नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिइएको छ ।
अब एकदिवसीय लिगमा आफ्नो स्थान सुरक्षित गर्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रदर्शन सुधार्न जरुरी छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड्स छ । नेपाल भने छैटौं स्थानमा छ । यदि नेपाल यो लिगमा रेलिगेशनमा परेमा यो एकदिवसीय लिग खेल्ने सम्भावना कम हुनेछ ।
टेलिग्राफले भने एकदिवसीय लिगमा १३ औं स्थानको दाबेदार स्कटल्याण्ड पनि भएको बताएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.