जेठ २८ । क्रिकेटको मैदानमा विवादका विषय नौलो होइनन् । खेलका क्रममा विभिन्न किसिमका विवादास्पद गतिविधिहरु देखिने गर्दछ । खेलाडीबीच विवाद, आक्रोस र सामान्य झडप क्रिकेट मैदानमा नौलो कुरा होइन ।
विश्वकप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा भारतीय क्रिकेटर विराट कोहली र वेस्ट इन्डिजका क्रिकेटर लेन्डल सिमोन्सबीच पनि यस्तै विवाद भएको खुलासा भएको छ ।
सेमिफाइनल म्याचका क्रममा कोहलीसँग आफ्नो विवाद भएको खुलासा वेस्ट इन्डिजका क्रिकेटर सिमोन्सले खुलासा गरेका हुन् । एक अन्तरवार्तामा सिमोन्सले भनेका छन्, ‘कोहलीले मलाई मैदानमा केही भनेका थिए, उनी फिल्डिङ गर्दै थिए र मलाई केही भने अनि मैले पनि उनलाई आफ्नो क्षमता देखाउने प्रण गरेँ ।’
विराटलाई उनीमात्र एउटा राम्रो ब्याट्सम्यान होइनन् भन्ने देखाउनकै लागि आफूले आफ्नो ब्याटिङमा सम्पूर्ण ध्यान खर्चिएको सिमोन्सको भनाई थियो ।
नभन्दै सेमिफाइनलमा सिमोन्सले अविजित ८२ रन बनाए । उनको विस्फोटक ब्याटिङको मद्दतले भारतलाई पराजित गर्दै वेस्टइन्डिज फाइनलमा पुगेको थियो ।
सिमोन्सले कोहली निकै घमण्डी खेलाडी भएको समेत अन्तरवार्तामा बताएका छन् । ‘उनी क्रोधी र घमण्डी छन्,’ कोहलीका बारेमा सिमोन्सले भनेका छन् ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.