सानिमा बैंकले सन्दिपलाई प्रायोजन गर्‍यो

असार 25 l सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ ।
एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । लामिछानेले लेग ब्रेक बलिङ स्टाइलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
उनीले बंगलादेशमा सम्पन्न आईसीसी अण्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वल्र्ड ड्रिम टिम’ मा स्थान बनाएका थिए । प्रमुख कार्यकारी दाहालले सम्पूर्ण लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.