Responsive Ad Slot

ताजा समाचार

latest

सानिमा बैंकले सन्दिपलाई प्रायोजन गर्‍यो

Jul 9, 2016

/ by shyane.com.np
असार 25 l सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ ।
एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । लामिछानेले लेग ब्रेक बलिङ स्टाइलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
उनीले बंगलादेशमा सम्पन्न आईसीसी अण्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वल्र्ड ड्रिम टिम’ मा स्थान बनाएका थिए । प्रमुख कार्यकारी दाहालले सम्पूर्ण लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat