Responsive Ad Slot

ताजा समाचार

latest

सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल, २३ सय तीन खेलाडी छनोट

Dec 19, 2016

/ by Arena Tv
पुस ४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

पुस ८ देखि १५ सम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
परिषदका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिको तयारी पूरा भएकाले अब कुनैपनि परिवर्तन नहुने बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन पुस ८ गते विराटनगरको सहिद रंगशालामा हुनेछ ।
प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडी छनोट भएका छन् । जसमा १ हजार ६ सय ६९ जना महिला खेलाडी रहेका छन् ।
प्रतियोगिातमा २ सय ९४ स्वर्ण २ सय ९४ रजत र ४ सय ४७ कास्य पदक गरी कुल १ हजार ३५ पदका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat