Responsive Ad Slot

ताजा समाचार

latest

पूर्वाञ्चलका मनोजलाई स्वर्ण

Dec 26, 2016

/ by Arena Tv

पुस १० । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरीको राजविराजमा भएको राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पुरुषतर्फ ५६ केजी तौल समुहमा पूर्वाञ्चलका मनोज यादवले स्वर्ण पदक जितेका छन् ।


१ सय ७५ केजी तौल उचालेर यादवले स्वर्ण पदक जितेका हुन् । सोही तौल समुहमा नेपाली सेनाका तुलानाथ महतोले १ सय ६६ केजी तौल उचालेर रजत तथा सुदुर पश्चिमाञ्चलका रवीलाल चौधरीले १ सय ६२ केजी उचालेर कास्य पदक हात पारेका छन् ।
महिलातर्फ ४८ केजी तौल समुहमा नेपाली सेनाकी मनिषा रानाभाटले १ सय ५ केजी तौल उठाएर स्वर्ण पदक हात पारेकी छिन् । उक्त तौल समुहमा पुर्वाञ्चलकी मनिषा चौधरीले ७७ केजी तौल उठाएर रजत तथा सुदुर पश्चिमाञ्चलकी कञ्चन चौधरीले ७१ केजी तौल उठाएर कास्य पदक प्राप्त गरेकी छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat