आठ स्वर्णसहित आर्मीको बर्चस्व

पुस १० । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा नेपाल आर्मीले पदकमा बर्चस्व कायम गरेको छ ।


दमकस्थित रेडक्रम भवनमा भएको खेलमा आर्मीले आठ स्वर्णसहित बर्चस्व कायम गरेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए ।
आर्मीले एक स्पाइरिङमा दुई स्वर्ण र प्याट्रनमा ६ स्वर्ण हात पारेको छ । स्पाइरिङमा पुरुषको ४५–५० तौलसमुहमा आर्मीका पुर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतम रजत तथा पुर्वाञ्चलका प्रभात कार्की र मध्यमाञ्चलका सुनिल महतोले कास्य पदक हात पारे ।
पुरुष स्पाइरिङकै ५१–५५ केजी तौलसमुह अन्तर्गत एपीएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल्प पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाका हिमाल लामाले कास्य पदक हात पारे ।
फाइटतर्फ महिलाको ४१–४५ केजीमा आर्मीकी निस्मा बस्यालले स्वर्ण, पश्चिमाञ्चलकी रिता अधिकारीले रजत तथा सुपकी पुजा रावल र मध्यमाञ्चलकी सोनी खड्काले कास्य जितिन् ।
प्याट्रनको महिलातर्फ निलो पेटीमा आर्मीकी उसना श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी जिजिबिसा थापा मगरले रजत, रातो पेटिमा आर्मीकी कल्पना राईले स्वर्ण र एपीएफकी सञ्चिताले रजत तथा कालोपेटीमा मध्यमाञ्चलकी रञ्जु पुलामी मगरले स्वर्ण र पश्चिमाञ्चलकी आयुषा कार्कीले रजत हात पारे ।
महिलाकै कालो पेटी दोस्रो डानमा नेपाल आर्मीकी आस्मा श्रेष्ठले स्वर्ण र मध्यमाञ्चलकी पुजा खुलाल मगरले रजत तथा तेस्रो डानमा आर्मीकी तुलसा राजथलाले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महतले रजत दिलाइन् ।
प्याट्रनको पुरुषतर्फ निलो पेटीमा पूर्वाञ्चलका वीरबहादुर तामाङले स्वर्ण र मध्यमाञ्चलका अनिल तामाङले रजत, रातो पेटीमा एपीएफका श्यामकृष्ण श्रेष्ठले स्वर्ण र पुर्वाञ्चलका रबजोर वाईबाले रजत, कालोपेटी प्रथम डानमा आर्मीका भिम बहादुर तामाङले स्वर्ण र पश्चिमाञ्चलका विमल रानाले रजत, दोस्रो डानमा आर्मीका पुर्णबहादुर मगरले स्वर्ण र पश्चिमाञ्चलका श्यामबहादुर गाहा मगरले रजत तथा तेस्रो डानमा पुर्वाञ्चलका युवराज लामाले स्वर्ण र मध्यमाञ्चलका हनक सुब्बाले रजत हात पारे ।
स्पाइरिङको पुरुष ६०–६५ केजी तौलमा सेमिफाइनलमा पश्चिमाञ्चलका दिनेश बुढामगरले आर्मीका आदोन लामालाई हराउँदै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.