Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल अपराजित रहँदै सेमिफाइनलमा

Dec 31, 2016

/ by Arena Tv

पुस १५ । भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबल प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।


समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकालाई १–० ले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
लगातार दुई खेलमा फराकिलो जित हासिल गरेसँगै यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले श्रीलंकाविरुद्ध भने संघर्ष गर्नुपर्‍यो ।
खेलको अन्तिम समयमा सपना लामाले प्रहार गरेको कर्नर बल श्रीलंकन डिफेन्डरको खुट्टामा लागेर गोलपोस्टको जाली चुमेको थियो ।
पहिलो खेलमा भुटानलाई ८–० ले तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकाविरुद्ध भने शान्त भएर खेलेको हो ।
नेपाल रहेको समूह ‘ए’बाट सेमिफाइलनमा पुग्ने अर्को टिमको छिनोफानो भने भुटान र माल्दिभ्सबीचको शुक्रबारै साँझ हुने खेलबाट हुनेछ ।
श्रीलंका र माल्दिभ्सले एक–एक खेल जितेका अवस्थामा जितविहीन भुटान भने लगभग बाहिरिएको अवस्था छ ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँगै हार्दै उपविजेतामा सीमित बनेको नेपाली महिला फुटबल टोली योपटक भने ऐतिहासिक उपाधिसहित घर फर्कने लक्ष्यमा छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat