कालिङपोङलाई झापाको ७ गोल

पुस १७ । बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, पाँचथरको फिदिममा जारी टुबोर्ग आठौं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।


आइतबार भएको प्रिक्वार्टरफाइनलमा शेयर फुटबल क्लब कालिङपोङ, भारतलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो ।
झापाको जितमा कर्ण लिम्बू एक्लैले ४ गोल गरे । यस्तै, रञ्जित श्रेष्ठले २ गोल गरे ।
प्रतियोगिताअन्तर्गत् सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र इलाभेन एरोज दुहवी, सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.