Responsive Ad Slot

ताजा समाचार

latest

कालिङपोङलाई झापाको ७ गोल

Jan 2, 2017

/ by Arena Tv

पुस १७ । बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, पाँचथरको फिदिममा जारी टुबोर्ग आठौं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।


आइतबार भएको प्रिक्वार्टरफाइनलमा शेयर फुटबल क्लब कालिङपोङ, भारतलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो ।
झापाको जितमा कर्ण लिम्बू एक्लैले ४ गोल गरे । यस्तै, रञ्जित श्रेष्ठले २ गोल गरे ।
प्रतियोगिताअन्तर्गत् सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र इलाभेन एरोज दुहवी, सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat