Responsive Ad Slot

ताजा समाचार

latest

साउथह्याम्पटनलाई टोटनह्यामले हरायो

Dec 30, 2016

/ by Arena Tv

पुस १४ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।

लण्डन क्लब टोटनह्यामले साउथह्याम्पटनलाई उसैको मैदानमा ४-१ ले हराएको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अलीले दुई गोल गरे भने ह्यारी केन र सन ह्युङ मिनले एक–एक गोल थपे ।

पराजित टोली साउथह्याम्पटनका लागि भर्जील भान डाईकले एक गोल फर्काए । यो जितपछि टोटनह्याम हट्सपरले लिगको अंक तालिकामा चौथो स्थानको आर्सनलसँग दूरी घटाएको छ ।
१८ खेलबाट टोटनह्यामले ३६ अंक जोडेको छ भने आर्सनलको ३७ अंक छ । ३९ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ ।
दोस्रो स्थानको लिभरपुलको ४० अंक छ भने ४६ अंकका साथ चेल्सी शीर्ष स्थानमा रहेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat