Responsive Ad Slot

ताजा समाचार

latest

फाल्गुनन्द गोल्डकपको तयारी भब्य हुदै

Dec 30, 2016

/ by Arena Tv

पुस १४ । आठौं अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।


पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिएको छ । अघिल्लो संस्करणसम्म विजेताले एक लाख रुपैयाँ पाउने गरेको भए पनि यस वर्षदेखि २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भुटान, सिक्किम, दार्जिलिङका १० टोली सहभागी हुने भएका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat