Responsive Ad Slot

ताजा समाचार

latest

फुटबलको स्वर्ण सशस्त्रले जित्यो

Dec 31, 2016

/ by Arena Tv

पुस १५ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।


शुक्रबार धरान रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीले बाजी मारेको हो ।
पहिलोपटक राष्ट्रिय प्रतियोगितामा पहिलो भएको सशस्त्रले फाइनलमा आर्मीलाई २–० ले हरायो ।
सशस्त्रका लागि दुबै गोल अन्जन विष्टले गरे । दुबै गोल मध्यान्तरअघि नै भएका थिए ।
उपाधिसँगै सशस्त्रले स्वर्णपदक तथा उपविजेता आर्मीले रजत जित्दा नेपाल पुलिस क्लबले तेस्रो हुँदै कास्यपदक जितेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat