Responsive Ad Slot

ताजा समाचार

latest

२०२६ देखि विश्वकप फुटबलमा ४८ टिम हुने

Jan 11, 2017

/ by Arena Tv

पुस २७  । विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् ।

अहिले ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ ।
स्वीट्जरल्यान्डको ज्यूरिचमा मंगलबार भएको फिफाको बैठकले सो निर्णय गरेको हो ।
योसँगै विश्वकप फुटबलको अन्तिम चरणमा हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन् । त्यस्तै, विश्वकप सकिन ३२ दिन लाग्नेसमेत जनाइएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबललाई अझ बढी विस्तार गर्नका लागि र विश्वकपलाई थप रोमान्चक बनाउन टिम संख्या बढाइएको प्रतिक्रिया दिएका छन् ।
सन् १९९८ को फ्रान्स विश्वकपदेखि विश्वकपमा ३२ टिमले सहभागिता जनाउँदै आएका छन् ।
सन् १९३० को पहिलो विश्वकपमा भने १३ टिमलेमात्र सहभागिता जनाएका थिए । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat