मेस्सीको प्रतिमा तोडफोड

पुस २८  । बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको अर्जेन्टिनी राजधानी ब्यूनर्स आयर्समा अवस्थित प्रतिमा तोडफोड भएको छ ।
गत जुन महिनामा अनावरण गरिएको तामाको प्रतिमामा कम्मरमाथिको भाग काटिएको छ ।
तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण प्रक्रिया भइरहेको जानकारी दिएका छन् ।
मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।
मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा अवस्थित थियो, जहाँ अर्जेन्टिनाका खेल स्टारहरुको प्रतिमा राखिएको छ । टेनिस स्टार गावि्रयल सावातिनी र बास्केटबल खेलाडी म्यानुअल गिनोविलीको प्रतिमा त्यहाँ छ ।
यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका थिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.