मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा

पुस२७। भुटानको ड्रुक फुटबल क्लवलाई २/० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लव प्रथम अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।
कैलालीस्थित धनगढी क्षेत्रीय रंगशालामा राष्ट्रिय टोलीका स्टारहरुले भरिएको मनाङले शुरुवातदेखि नै आक्रामक फुटबल खेलेको थियो । उसले करिब आधा दर्जन अवसरहरु गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
उता राष्ट्रिय खेलाडीहरु सम्मिलित भुटानको बी डिभिजन च्याम्पियन ड्रुक फुटबल क्लबले भने मनाङलाई बलियो चुनौति दिन सकेन ।
दोस्रो हाफमा तालमेल गुमाउँदा भुटानी टोलीले दोस्रो हापको ५१औं मिनेटमा गोल खायो । मनाङका कप्तान अनिल गुरुङको पासमा बिदेशी स्ट्राइकर ओलावाले अफिजले गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए ।
मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । उनले खेल सकिनुभन्दा १ मिनेटअघि गोल गरेका थिए ।
मनाङ बाई पाएर सिधै क्वाटरफाइनल पुगेको थियो भने भुटानी क्लवले बेष्ट काठमाण्डौलाई हराउँदै क्बाटर फाईनलको यात्रा तय गरेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.