Responsive Ad Slot

ताजा समाचार

latest

खप्तड गोल्डकपको उपाधिका लागि संकटा र मनाङ भिड्ने

Jan 14, 2017

/ by Arena Tv
माघ १ । प्रथम सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि काठमडाौंका दुई क्लवहरु मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुनेछ भएको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ लाई एक शून्यले पराजित गर्दै संकटाले उपाधिका लागि मनाङसँगको भेट पक्का गरेको हो । भारतीय टोली दिल्ली युनाइटेडलाई हराउँदै मनाङ हिजो फाइनलमा पुगेको थियो । फाइनल आज सनिबार हुदैछ ।
शुक्रबार सम्पन्न कैलालीको धनगढी क्षेत्रीय रंगशालामा खेलको १६ औं मिनेटमा डि बक्स नजिकै पाएको फ्री  किकको सदुपयोग गर्दै अनिल तामाङले गरेको गरेको गोल संकटाको जितमा निणर्ायक बन्यो ।
पूरै खेल आफ्नो नियन्त्रणमा राखेर पनि घरेलु टोलीले गोल गर्न नसक्दा नतिजा सुम्पन बाध्य भयो ।
खेलको म्यान अफ द म्याच चुनिएका संकटाका गोल रक्षक टिकेन्द्र थापाले सुदूरपश्चिम-११ का थुप्रै प्रहार बिफल बनाएका थिए ।
जितपछि संकटाका प्रशिक्षक सल्यान थापाले खेलमा केहि खेलाडी घाइते भएका कारण दवावमा खेल्नु परेको स्विकार गर्दै फाइनल जित्नका लागि आफूहरु तयार रहेको प्रतिकृया दिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat