आर्मी र पुलिस रुस्लान कप टी–ट्वेन्टी सेमिफाइनलमा

पुस २९ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब राजधानीमा जारी रुस्लान कप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै दुबै टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले हिमालयन ह्वाइटहाउसलाई ८ विकेटले पराजित गर्‍यो ।
हिमालयन ह्वाइटहाउसले प्रस्तुत् गरेको ९९ रनको विजयी लक्ष्य १३औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्नेक्रममा ‘म्यान अफ द म्याच’ नेपाल पुलिसका सुनील धमलाले अविजित ६० रनको योगदान गरे ।
त्यस्तै, आर्मीले पीसी फाइटर क्लबलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पीसी फाइटरले १७ ओभर खेल्दै मात्र ४५ रन जोड्न सक्यो । विजय सुनारले ११ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जवाफमा आर्मीले मात्र ४ ओभरमा बिनाकुनै विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । आर्मीका लागी सागर पुनले ३६ तथा सोमपाल कामीले ३ रन जोडे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.