Responsive Ad Slot

ताजा समाचार

latest

मड्रिड फेरि हार्‍यो

Jan 19, 2017

/ by Arena Tv
माघ ६। स्पेनिस  रियल मड्रिडले लगातार दोस्रो हार व्यहोरेको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा सेल्टाभिगाले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
४० खेलमा अपराजित स्पेनिस रेकर्ड बनाएको रियल ला लिगामा सेभिल्लासँग पराजित भएको थियो ।बुधबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगोले ६४ औं मिनेटमा इयागो स्पासको गोलबाट अग्रता लिएको थियो । ६९ औं मिनेटमा मार्सेलोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, एक मिनेट लगतै कास्ट्रो ओटोले गोल गर्दै सेल्टाभिगोलाई २-१ को अग्रता दिलाए ।
खेल सकिन ८ मिनेट बाँकी छँदा रियलले बराबरी गोल गर्ने मौका पाएको थियो । तर, उसका स्ट्राइकर करिम बेन्जिमाको प्रहार क्रसबारमा लाग्यो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat