Responsive Ad Slot

ताजा समाचार

latest

तेह्रथुममा कबर्ड हल बन्ने

Jan 19, 2017

/ by Arena Tv

माघ ६ । तेह्रथुममा सरकारी तवरको बहुउदेश्यीय कबर्ड हल निर्माण हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिले कबर्ड हल निर्माणका लागि नैनकुमार पयाङ्गोको अध्यक्षतामा ९ सदस्यीय कबर्ड हल निर्माण तथा उपभोक्ता समिति बनाई निर्माणको प्रक्रिया अघि बढाएको हो ।
सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला खेलकुद विकास समितिको आफ्नै जग्गामा कबर्ड हल बनाउन चालु आर्थिक वर्षमा डिपीआर तयार पार्ने खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताए ।
गत फागुनमै शिलान्यास गरिएको हल बनाउन बल्ल निर्माण तथा उपभोक्ता समिति बनाइएको सचिव टिकाराम खुलालले जानकारी दिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat