Responsive Ad Slot

ताजा समाचार

latest

पुलिस बन्यो रुस्लान कप क्रिकेटको च्याम्पियन

Jan 18, 2017

/ by Arena Tv

माघ ४ । त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब दोस्रो रुस्लान कप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार कीर्तिपुर मैदानमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउदै १४२ रन बनायो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० तथा राजेश पुलामीले ३८ रन जोडे ।
यस्तै, नरेश बुढाएरले २८ तथा अनिल मण्डल र सोमपाल कामीले समान १५ रन जोडे । 
पुलिसका ललितसिंह भण्डारी र कुशल भुर्तेलले २–२ विकेट लिए भने मन्जित श्रेष्ठ र ललित राजवंशीले १–१ विकेट झारे ।
जवाफमा पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै विजय हासिल गर्‍यो ।
पुलिसलाई लगातार दोस्रोपटक प्रतियोगिताको च्याम्पियन बनाउन दीपेन्द्रसिंह ऐरीले ४२ तथा कुशल भुर्तेलले ३४ रन जोडे । यस्तै, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रनको योगदान गरे ।
आर्मीका जितेन्द्र मुखिया र विक्रम शोबले २–२ विकेट लिए ।
उपाधिसँगै पुलिसले ३ लाख तथा उपविजेता आर्मीले २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat