Responsive Ad Slot

ताजा समाचार

latest

लिभरपुल पराजित

Jan 12, 2017

/ by Arena Tv

पुस २८ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीले लिभरपुललाई १÷० ले हराएको हो । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन नाथन रेडमण्डले २० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो लेगको यो खेलमा विजयी भएपछि साउथह्याम्पटनले सेमिफाइनल प्रवेशको संभावना बलियो पारेको छ भने दोस्रो लेगको खेलपुर्व लिभरपुल दबाबमा आएको छ ।
सेमिफाइनल दोस्रो लेगको खेल आगामि माघ १२ लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।
लिग कप फुटबलको अर्को सेमिफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीमाथि पहिलो लेगमा २÷० को अग्रता लिएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat