माघ १ देखि खुकुरी टी–ट्वेन्टी क्रिकेट

पुस २९  । राजधानीमा आगामी माघ १ गतेदेखि १६ गतेसम्म खुकुरी च्यालेन्जर टी–ट्वेन्टी कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।


भक्तपुरकोे सैनिक आवासीय महाविद्यालयको मैदानमा हुने प्रतियोगितामा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसहित मोफसल र राजधानीका कुल १६ क्रिकेट टोलीले सहभागिता जनाउने छन् ।
‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिने छ । हरेक समूहका शीर्ष दुई स्थानमा रहने टोली क्वार्टरफाइनल राउन्डका लागि छनोट हुनेछन् ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.