पुस २९ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ विश्व वरीयताक्रममा नेपालले थप ६ स्थान सुरक्षित गरेको छ ।
अघिल्लो महिना सार्वजनिक गरिएको वरीयताक्रममा ५ स्थान सुधार गर्दै १८१औं स्थानमा रहेको नेपाल फिफाले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा ६ स्थान फड्को मार्दै १७५औं स्थानमा आइपुगेको हो ।
पछिल्लो समय राम्रो नतिजा निकालिरहेको नेपाली टोलीले दक्षिण एसियामा पनि आफ्नो स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।
भारत विश्वमा १२९औं स्थानसहित दक्षिण एसियामा शीर्ष स्थानमा रहँदा माल्दिभ्स १४५औं स्थानसहित दक्षिण एसियामा दोस्रो, १५१औं स्थानसहित अफगानिस्तान दक्षिण एसियामा तेस्रो, १७६औं स्थानसहित भुटान दक्षिण एसियामा पाँचौ, १९०औं स्थानसहित बंगलादेश दक्षिण एसियामा छैटौं, विश्व वरीयतमा १९६औं स्थानसहित श्रीलंका दक्षिण एसियामा सातौं र १९७औं स्थानसहित पाकिस्तान दक्षिण एसियामा अन्तिम स्थानमा रहेको छ ।
फिफाको वरीयताक्रममा अर्जेन्टिना पहिलो नम्बरमा कायमै छ । दोस्रोमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाँचौंमा बेल्जियम रहेका छन।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.