Responsive Ad Slot

ताजा समाचार

latest

झापालाई टुवोर्ग फाल्गुनन्द गोल्डकपको उपाधि

Jan 9, 2017

/ by Arena Tv

पुस २४ । पाँचथरको फिदिममा सम्पन्न आठौं टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा झापाको युनाइटेड क्लवले उपाधि जितेको छ ।


आइतबार भएको फाइन खेलमा डिफेन्डिङ च्याम्प्यिन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङलाई २—१ को गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि आफनो पोल्टामा पारेको हो ।
खेलमा झापालाई जिताउन खेलको दोस्रो हाफको २६ औं मिनेटमा योगश गुरुङले एक गोल गरेका थिए ।
जवाफमा ताप्लेजुङका राजिन धिमालले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्काएका थिए ।
निर्धारित समयमा खेल बराबर भएपछि थपिएको समयको पहिलो हाफको चौथो मिनेटमा झापाका बुद्ध चेम्जोङले गरेको गोल नै झापाको जितको लागि निर्णायक बन्यो ।
नेपाल, भारत र भुटान गरी १० टिम सहभागी प्रतियोगिताको विजेता झापाले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । खेलको उपविजेता रहेको ताप्लेजुङले १ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat