Responsive Ad Slot

ताजा समाचार

latest

रियाल मड्रिडको नयाँ कीर्तिमान

Jan 8, 2017

/ by Arena Tv

पुस २४ । स्पेनीस फुटबल क्लव रियाल मड्रिडले लगातार ३९ खेलसम्म अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ ।


स्पेनिस फुटबलमा सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान बार्सिलोनाको नाममा छ । शुक्रबार रातिको खेलमा ग्रानाडालाई हराएपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिडले बार्सिलोनाको कीर्तिमान बराबरी गरेको हो ।
अब एक खेलमा नहारेमा स्पेनीस फुटबलमा सर्वाधिक लामो अपराजित श्रृंखलाको कीर्तिमान रियाल मड्रिडको नाममा रहनेछ ।
ग्रानाडाविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्कोले दुई गोल गरे । यसैगरी करिम बेन्जमा, क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल थपे ।
जितसँगै रियाल मड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको सेभिायासँग ४ अंकको अग्रता लिएको छ ।
१६ खेलबाट रियाल मड्रिडको ४० अंक भएको छ । एक खेल बढी खेलेको सेभिया ३६ अंकसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat