Responsive Ad Slot

ताजा समाचार

latest

झापा–११ ले सशस्त्रलाई हराउँदै जित्यो काँकडभिट्टा गोल्डकप

Jan 8, 2017

/ by Arena Tv

पुस २३ । रमपम झापा–११ ले झापाको काँकडभिट्टामा सम्पन्न मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै झापा–११ ले उपाधि चुमेको हो ।
झापालाई उपाधि दिलाउनेक्रममा कर्ण लिम्बूले २ गोल गरे भने सशस्त्रका टोप बिष्टले एक आत्मघाती गोल गरेका थिए
खेलको सुरुआतदेखि नै दबाबमा परेको सशस्त्रले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।
उपाधिसँगै झापा–११ ले चार लाख एक हजार रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता सशस्त्रले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat