Responsive Ad Slot

ताजा समाचार

latest

मनाङ–मर्स्याङ्दीलाई हराउँदै आर्मी च्याम्पियन

Jan 8, 2017

/ by Arena Tv

पुस २३ । टुबोर्ग हेटौंडा इन्टरनेसनल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।


हेटौंडाको वन विज्ञान खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको जितमा भरत खवास र सन्तोष तामाङले एक–एक गोल गरे ।
उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनाङ–मर्स्याङ्दीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat