Responsive Ad Slot

ताजा समाचार

latest

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

Feb 1, 2017

/ by Arena Tv

माघ १९  । त्रिभुवन आर्मी क्लब झापामा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मंगलबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिमा चारमा ठाउँ पक्का गरेको हो ।
आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र *भरत खवासले एक–एक गोल गरे ।
यसअघि सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
तेस्रो क्वार्टरफाइनलमा बुधबार झापा–११ ले सुदूरपश्चिमाञ्चल फुटबल टिमसँग खेल्नेछ ।
झापाले प्रिक्वार्टरफाइनलमा शेर फुटबल क्लबलाई हराएको थियो । सुदूरपश्चिमाञ्चललले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat