नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत

फागुन १० । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद सल्टाउन सहमत भएको छ ।काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो ।

आइसिसीको दुबाईस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार नेपाली क्रिकेटको विवाद मिलाउन गठन गरिएको सुझाव समूहले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने आईसिसीले स्पष्ट पारेको छ ।
आइसिसीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आउँदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारण सभाले तय गर्ने स्पष्ट पारिएको छ ।
आइसिसीले राजनीतिक हस्तक्षेपलाई मूख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि गत अप्रिलमा नेपाललाई प्रतिबन्ध लगाएको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.