Responsive Ad Slot

ताजा समाचार

latest

भ्यालेन्सियालाई पराजित गर्यो बार्सिलोनाले

Mar 20, 2017

/ by Arena Tv

 चैत ७ । स्पेनिस लिग फुटबलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले सहज जित हात पारेका छन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले दुई गोल फर्काए ।
ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३-१ ले हराएको छ । एथ्लेटिको मड्रिडलाई विजयी गराउन डिएगो गोडिन, एन्टोनियो ग्रेजम्यान र कोकेले एक–एक गोल गरे ।
गएरातिका अन्य खेलमा स्पोर्टिङ गियोनले ग्रानाडालई ३-१ ले हराउँदा सेल्टा भिगोले डेपोर्टीभो लाकोरुनालाई १÷० ले हराएको छ ।
गएरातिका खेलपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ६३ अंकको साथ दोस्रो तथा सेभिया ५७ अंकसहित तेस्रो स्थानमा छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat