धर्मराज लिम्बू च्याम्पियन

चैत ७ । तेस्रो मिस्टर फिटनेस फस्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत् ‘ओभरअल’तर्फको उपाधि धर्मराज लिम्बूले जितेका छन् ।

सतुंगलको फिटनेस फस्ट क्लबले सोमबार गरेको प्रतियोगितामा हिरण श्रेष्ठ दोस्रो र दामोदर श्रेष्ठ तेस्रो भए ।
पहिलो भएका धर्मराजले २५ हजार, दोस्रो भएका हिरणले १५ हजार तथा तेस्रो भएका दामोदरले १० हजार रुपैयाँ प्राप्त गरे ।
तीन तौल समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ७० केजीमा हिरण श्रेष्ठ पहिलो, अमर गमला दोस्रो र सनत हमाल तेस्रो भए ।
यस्तै, ६० केजीतर्फ धर्मराज लिम्बू पहिलो, त्रिनोज मानन्धर दोस्रो र मनोज सुरखेती तेस्रो भए ।
प्रतियोगितामा पुरुष स्पोर्टस् फिजिक १६५ सेमिको प्रतिस्पर्धामा सुजन रोका विजयी हुँदा, शेखर खत्री दोस्रो र राजेश तामाङ तेस्रो भए ।
यस्तै, १६५ सेमिमाथिको प्रतिस्पर्धामा शिव महर्जन पहिलो, मनोज कटुवाल दोस्रो र दीपेन्द्र गिरी तेस्रो भए ।
प्रतियोगितामा ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.