Responsive Ad Slot

ताजा समाचार

latest

फ्रान्सले लक्जेम्बर्गलाई हरायो

Mar 26, 2017

/ by Arena Tv

चैत १३ । विश्वकप छनौट फुटबलमा फ्रान्सको अपराजित यात्रा कायमै छ । शनिबार राती भएको खेलमा फ्रान्सले लक्जेम्बर्गलाई ३-१ ले हरायो ।

समुह ए कै अर्को खेलमा स्विडेनले बेलारुसलाई ४-० ले हराउँदा नेदरल्याण्ड्स भने फेरी पराजित भएको हो । नेदरल्याण्ड्सलाई बुल्गेरियाले २-० ले हराएको हो ।
समुह बी को खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराउँदा स्विट्जरल्याण्डले लात्भियामाथि १-० को कठिन जित निकाल्यो ।
समुह एच को खेलमा बेल्जियम र ग्रिसले १-१ गोलको बराबरी खेल्दा बोस्नीयाले जिब्रल्टारलाई ५-० ले पाखा लगायो । विश्वकप फुटबल छनौटमा युरोपेली समुहका बाँकी खेल आज राती हुनेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat