Responsive Ad Slot

ताजा समाचार

latest

सबैभन्दा धेरै रनले जितेर क्रिकेटमा नेपालको अर्को विश्व रेकर्ड, यस्ता छन् नेपालका अन्य रेकर्ड

Dec 14, 2017

/ by Arena Tv

नेपालको अण्डर १६ क्रिकेट टिमले क्रिकेटको इतिहासमा नयाँ विश्व रेकर्ड बनाएको छ । एसीसी अण्डर १६ इष्टर्न रिजन च्याम्पियनसिपमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै सीमित ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै रनले जित्ने टिम बनेको छ । अहिलेसम्म सिनियर वन डे इन्टरनेशनलमा सबैभन्दा धेरै रनको फरकले जित्ने टिम न्यूजिल्याण्ड हो । उसले आयरल्याण्डलाई २९० रनले पराजित गरेको छ ।

नेपालले पहिले ब्याडिटङ गर्दै निर्धारित ३५ ओभरमा १० रन प्रतिओभरको रनरेटमा ३५० रन बनाएको थियो । नेपालका लागि सबैभन्दा बढी रित गौतमले १०६ रनको नटआउट पारी खेले । ७८ बल खेलेका उनले १२ चौका प्रहार गरे । कुशल मल्लले २३ बलमा ३६ रन, सुवास अयरले २२ बलमा १७ रन, तीर्थराज दासले २९ बलमा ६४ रन, विशाल बिक्रम केसीले ३२ बलमा ४२ रन तथा प्रतिश जिसीले ३१ बलमा ६३ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको म्यानमार १३ रन बनाउँदा नै अलआउट भयो । त्यही १३ रनमा पनि ६ रनमात्र म्यानमारका ब्याट्सम्यानले बनाएका थिए । बाँकी ७ रन एक्स्ट्रा थियो । नेपाली टिमका प्रतिश जिसीले मात्रै २ ओभर बलिङ गर्दा ६ विकेट लिए ।

तर रोचक कुरा त के भने कुनै पनि क्रिकेट टिम सबैभन्दा कम स्कोरमा अलआउट भएको रेकर्ड यो होइन । अझै रोचक त्यो रेकर्ड पनि नेपालकै नाममा छ । नेपाली टिमले म्यानमारलाई नै सन् २००६ मा १० रनमै अलआउट गरेको थियो । नेपालको नाममा क्रिकेटका अन्य विश्व रेकर्ड पनि छन् ।

५० ओभरको क्रिकेटमा एक्लै सबै १० विकेट लिने संसारकै एकमात्र खेलाडी नेपाली टिमकै महबुब आलम हुन् । उनले बर्मुडाविरुद्धको खेलमा यो चमत्कार गरेका थिए ।

५० ओभरको खेलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने बलर पनि नेपाली नै हुन् । शक्ति गौचनले मलेसियाविरुद्धको खेलमा १० ओभर बलिङ गर्दा ८ ओभर मेडन राख्दै मात्रै २ रन दिएर ३ विकेट लिएका थिए ।

एउटै ओभरमा ५ विकेट लिने एकमात्र खेलाडी पनि नेपाली नै हुन् । रुबिना क्षेत्रीले सिंगापुरविरुद्धको खेलमा एक ओभरमै ५ विकेट लिएकी थिइन् ।

५० ओभरको खेलमा सबैभन्दा छिटो लक्ष्य पूरा गर्ने टिम पनि नेपाल नै हो । म्यानमारले दिएको ११ रनको लक्ष्य नेपालले २ बल खेल्दा नै पूरा गरेको थियो।

The post सबैभन्दा धेरै रनले जितेर क्रिकेटमा नेपालको अर्को विश्व रेकर्ड, यस्ता छन् नेपालका अन्य रेकर्ड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat