भारतीय बलरलाई दक्षिण अफ्रिकी ब्याट्सम्यानले धुलो चटाए पछी ,,अफ्रिका ६ विकेटले विजयी…

फागुन १० – विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनको ६९ रन (३ चौका, ७ छक्का) तथा कप्तान जेपी डुमिनीको नटआउट ६४ रन (४ चौका, ३ छक्का)को मद्धतले दक्षिण अफ्रिकाले दोस्रो टी–ट्वेन्टी श्रृङ्खलामा भारतविरुद्ध ६ विकेटको जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतीय टिमले मनिष पान्डेको नटआउट ७९ र एमएस धोनीको नटआउट ५२ रनको योगदानसहित निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८८ रनको सम्मानजनक स्कोर बनाएको थियो ।

१८९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १८ ओभर ४ बलमै ४ विकेट गुमाउँदै जित हात पार्यो । जसप्रीत बुमराहको अनुपस्थितिमा अन्य भारतीय बलरहरु जम्न सकेनन् । यो जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा १–१ को बराबरी भएको छ । तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ ।
दक्षिण अफ्रिकी पारी : क्लासेनको विस्फोटक ब्याटिङ

भारतका लागि पहिलो ओभर भुवनेश्वर कुमार र दोस्रो ओभर शारदुल ठाकुरले बलिङ गरे । तेस्रा्े ओभरमा भुवनेश्वर कुमारको बलमा हेन्ड्रिक्सले दुई चौका प्रहार गरे । यो ओभरमा मात्रै दक्षिण अफ्रिकाले ११ रन बटुल्यो । चौथो ओभरमा भारतका लागि जयदेव उनादकटले पहिलो सफलता दिलाए । उनले जोन जोन स्मट्सलाई दुई रनमै पेभेलियन फर्काइदिए । उनादकटले स्मट्सलाई सुरेश रैनाको हातबाट क्याच गराए ।

त्यस्तै रीजा हेन्ड्रिक्स २६ रन बनाएको अवस्थामा शारदुल ठाकुरको बलिङमा हार्दिक पान्ड्याको हातबाट क्याचआउट भए । पाँच ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले दुई विकेटको क्षतिमा ३८ रन बनाएको थियो । छैटौँ ओभरमा हेनरिक क्लासेनले उनादकटको बलमा दुई छक्का प्रहार गरे । क्लासेनको विस्फोटक ब्याटिङका कारण दक्षिण अफ्रिकाको स्कोर ह्वात्तै बढ्यो । १० ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले दुई विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

एक दिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका भारतीय बलर युजवेन्द्र चहल आजको खेलमा खासै जम्न सकेनन् । उनलाई दक्षिण अफ्रिकी ब्याट्सम्यान हेनरिक क्लासेनले चुट्नुसम्म चुटे । ११ औँ ओभरमा चहलको बलमा क्लासेनले दुई छक्का प्रहार गरे । यस ओभरमा मात्रै दक्षिण अफ्रिकाले १६ रन बटुल्यो ।

दक्षिण अफ्रिकी पारीको १३ औँ तथा चहलको बलिङको तेस्रो ओभरको तीन बलमा दुई छक्का र एक चौका प्रहार भयो । यो ओभरमा डुमिनीले समेत छक्का प्रहार गरे । २३ रन दिएर यस ओभरमा चहलले आफूलाई महंगो सावित गरे । क्लासेनको विस्फोटक ब्याटिङले दक्षिण अफ्रिका सहज जितको बाटोतर्फ लम्किरहेको थियो ।

भारतीय बलर एकपछि अर्को दवावमा परिरहेको अवस्थामा उनादकटले क्लासेनलाई विकेटकिपर धोनीबाट क्याचआउट गराउँदै भारतका लागि महत्वपूर्ण सफलता दिलाए । क्लासेनले मात्रै ३० बलमा सात छक्का र तीन चौकासहित ६९ रन बनाए । हार्दिक पान्ड्याले डेभिड मिलरलाई ५ रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्काउँदै भारतलाई चौथो सफलता दिलाए ।

१५ ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । चहलका लागि आजको बलिङ बिर्सनलायक रह्यो । उनले आफ्नो चार ओभरको बलिङमा ६४ रन खर्चिए । यो टी–ट्वेन्टी खेलमा भारतका लागि सबैभन्दा महंगो बलिङ हो । डुमिनीले ३८ बलमा चार चौका र एक छक्काको मद्धतले आफ्नो अर्धशतक पूरा गरे ।

यसभन्दा पहिले क्लासेनले मात्र २२ बलमा दुई चौका र पाँच छक्कासहित अर्धशतक बनाएका थिए । कप्तान डुमिनी ६४ तथा बेशरदीन १६ रन बनाएर नटआउट रहे । डुमिनीले उनादकटको बलमा लगातार दुई छक्का प्रहार गर्द दक्षिण अफ्रिकालाई सहज जित दिलाए ।

विकेट पतन : २४–१ (स्मट्स, ३.५), ३८–२ (हेन्ड्रिक्स, ४.६), १३१–३ (क्लासेन, १३.१), १४१–४ (मिलर, १४.५)
भारतीय पारी : मनिष र धोनीको अर्धशतक

टस जितेर पहिले पाहुन टिम भारतलाई दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि शिखर धवन र रोहित शर्मा ओपनिङ ब्याट्सम्यानका रुपमा आए । पहिलो ओभर क्रिस मोरिसले मेडन राखे । दोस्रो ओभरको पहिलो बलमा रोहित शर्मा जुनियर डालाको बलमा शून्यमै एलबीडब्ल्यू भए ।

त्यस्तै रोहितको स्थानमा ब्याटिङ गर्न आएका सुरेश रैनाले यो ओभरमा एक चौकासहित ८ रन बनाए । भारतीय पारीको तेस्रो ओभर भने भारतका लागि सुखद रह्यो । पहिलो ओभर मेडन राखेका क्रिसको बलमा धवनले २ छक्का र दुई चौका प्रहार गरे । यस ओभरबाट भारतले २० रन बटुल्न सफल रह्यो । पाँचौ ओभरमा १४ बलमा तीन चौका र दुई छक्कासहित २४ रन बनाएर खेलिरहेका शिखर धवनलाई जेपी डुमिनीले बेहरदीनबाट क्याचआउट गराए ।

पाँच ओभरको समाप्तिमा भारतले दुई विकेटको क्षतिमा ४५ रन बनाएको थियो । छैटौँ ओभरमा भारती कप्तान विराट कोहली एक रनमै आउट भए । उनलाई जुनियर डालालृ विकेटकीपर क्लासेनबाट क्याचआउट गराए । उनको यो ओभर विकेटसहित मेडन रह्यो ।

१०औँ ओभरमा मनिष पान्डेले शम्शीको बलिङमा एक चौका र दुई छक्का प्रहार गर्दै भारतको स्कोरलाई केही गति प्रदान गरे । यस ओभरमा मात्रै १९ रन बन्यो । १० ओभरको समाप्तिमा भारतले तीन विकेटको क्षतिमा ८५ रन बनाएको थियो ।

११औँ ओभरमा सुरेश रैनालाई फेलुकवायोले एलबीडब्ल्यू आउट गराए । रैनाले २४ बलमा पाँच चौकासहित ३० रन जोडे । मनिष पान्डे विस्फोटक ब्याटिङ गर्दै अर्धशतको नजिक पुगेका थिए । १३ औँ ओभरमा उनले जुनियर डालाको बलमा दुई चौका प्रहार गरे । भारतले १०० रन पार गर्यो यसै ओभरमा ।

मनिषले १५औँ ओभरमा आफ्नो टी–ट्वेन्टी करिअरमा दोस्रो अर्धशतक प्रहार गर्न सफल भए । १५औँ ओभरको समाप्तिमा भारतले ४ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । अर्धशतक बनाएपछिको ओभरमा मनिषले मोरिसको बलमा छक्का हाने । धोनीले पनि २७ बलमा चार चौका र तीन छक्काको मद्धतले अर्धशतक पूरा गरे ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै भारतले १८८ रन बनायो । भारतका लागि मनिष ७९ रन र धोनी ५२ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका लागि जुनियर डालाले दुई विकेट लिए । डुमिनी र फुलेकवायोले एक–एक विकेट लिए ।

विकेट पतन : ०–१ (रोहित, १.१), ४४.२ (धवन, ४.२), ४५–३ (कोहली, ५.३), ९०–४ (रैना, १०.४) ujyaaloonline

The post भारतीय बलरलाई दक्षिण अफ्रिकी ब्याट्सम्यानले धुलो चटाए पछी ,,अफ्रिका ६ विकेटले विजयी… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.