क्रिकेटर ह्यूजको मृत्युको कारण अध्ययन गरिने

झण्डै ६ महिना अघि  क्रिकेट बलले लागेर मृत्यु भएका पूर्व अष्ट्रेलियन ब्याट्सम्यान फिलिप ह्यूजको मृत्युबारे समिक्षा जाँच गरिने भएको छ ।
क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सुथरल्यान्डले विहीबार ह्यूजको मृत्युको कारण र पस्थितिबारे अध्ययन गरिने जानकारी दिएका हुन् । त्यसको लागि ह्यूजको परिवारको पनि साथ रहने उनले जानकारी दिए ।
‘यो गत नोभेम्बरमा ह्यूजको मृत्युको कारण तथा परिस्थितिमा अध्ययन केन्द्रित हुनेछ । साथै भविष्यमा सञ्चालन हुने प्रतियोगिताहरु, मिल्ने खालका र आधिकारिक प्रशिक्षण सत्र सिफारिस गरिने छ,’ जेम्स सुथरल्यान्डले भने, ‘यो घटना पछि मैले धेरै असामान्य घटना भनेको थिए । अब फेरी कहिल्यै पनि क्रिकेट फिल्डमा यस्तो घटना देख्नु नपरोस् ।’
समिक्षा जाँचको निष्कर्ष यसै बर्षको अन्त्यतिर आउने विश्वास गरिएको छ । यसअन्तर्गत ह्यूजको मृत्युको कारण र पस्थितिबारे अध्ययन गरिनेछ । साथै भविष्यमा यस्ताखालका घटना हुन नदिन अपनाउने सुरक्षाका उपायबारे पनि सिफारिस गरिने सुथरल्यान्डले बताए ।
साथै टाउको र मुटुलाई सुरक्षा गर्ने कस्ता खालका व्यक्तिगत सामाग्रीहरु प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि अध्यन गरिने उनले जानकारी दिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.