थप दुई परिवारलाई एक लाख खेलाडी कल्याणकारी कोषबाट

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका एक प्रशिक्षक र एक पारा एथलेटिक्स खेलाडीका परिवारलाई समान १-१ लाख प्रदान गर्ने भएको छ ।
कोषका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव युवराज लामाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई १-१ लाख रुपैयाा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
भलिबल मुख्य प्रशिक्षक मकवानपुरका केशवलाल श्रेष्ठ र दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ एसियाली पारा खेलकुदमा सहभागी सिन्धुपाल्चोकका जितबहादुर खड्काको भूकम्पमा परी निधन भएको थियो ।
श्रेष्ठ पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत भएकोले कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्य-सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले जानकारी गराए ।
यसअघि मंगलबार बसेको कोषको बैठकले उक्त विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका नुवाकोटका जुडो खेलाडीत्रय अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ, कराते खेलाडीद्वय तनहुाका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डंगोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डितका परिवारलाई पनि आर्थिक सहयोग स्वरुप १-१ लाख रुपैयाा दिने निर्णय गरेको थियो ।
त्यसैगरी, मंगलबारकै बैठकले सो भूकम्पका कारण ज्यान गुमाएका गोर्खापत्र दैनिकका खेल पत्रकार मकवानपुरका सुमन भोम्जनको परिवारलाई पनि एक लाख रुपैयाा दिने निर्णय गरेको थियो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.