Responsive Ad Slot

ताजा समाचार

latest

भारतलाई हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा

May 3, 2015

/ by kpcat
भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरिन् ।
खेलको ५५ र ६२ औं मिनेटमा भारतले काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गरिन् । ६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । तर, रेफ्रीले अफसाइड दिए ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । बंगलादेशले इरानलार्इ २-० ले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat