Responsive Ad Slot

ताजा समाचार

latest

आईपीएलमा बैंग्लोरको ‘रोयल’ जित

May 3, 2015

/ by kpcat
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले ‘रोयल’ जित हात पारेको छ । बैंग्लोरले राजस्स्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको हो ।
राजस्थानले प्रस्तुत गरेको १३१ रनको लक्ष्य बैंग्लोरले १७ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । पहिलो विकेटका रुपमा क्रिस गेल २० रनमा आउट भए ।
तर, विराट कोहली र एबी डिभिलियर्सले बैंग्लोरको पारी सम्हाले । बिराट ६२ र डिभिलियर्स ४७ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
उसका भरपर्दा ब्याट्सम्यान अजिन्क्या रहाणे र शेन वाट्सन सस्तैमा आउट भए । रहाणे हर्षल पटेलको बलमा १८ रनमा आउट भए भने वाट्सनलाई २६ रनमा योजभेन्द्र चहलले पभेलियनको बाटो देखाए ।
स्टिभ स्मिथ स्टार्कको बलमा ३१ रनमा आउट भएपछि राजस्थानको पारी धरासायी भयो ।
स्टार्कले ३ विकेट लिए भने पेटल र चाहलले समान २–२ विकेट लिएका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat