आईपीएलमा बैंग्लोरको ‘रोयल’ जित

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले ‘रोयल’ जित हात पारेको छ । बैंग्लोरले राजस्स्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको हो ।
राजस्थानले प्रस्तुत गरेको १३१ रनको लक्ष्य बैंग्लोरले १७ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । पहिलो विकेटका रुपमा क्रिस गेल २० रनमा आउट भए ।
तर, विराट कोहली र एबी डिभिलियर्सले बैंग्लोरको पारी सम्हाले । बिराट ६२ र डिभिलियर्स ४७ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
उसका भरपर्दा ब्याट्सम्यान अजिन्क्या रहाणे र शेन वाट्सन सस्तैमा आउट भए । रहाणे हर्षल पटेलको बलमा १८ रनमा आउट भए भने वाट्सनलाई २६ रनमा योजभेन्द्र चहलले पभेलियनको बाटो देखाए ।
स्टिभ स्मिथ स्टार्कको बलमा ३१ रनमा आउट भएपछि राजस्थानको पारी धरासायी भयो ।
स्टार्कले ३ विकेट लिए भने पेटल र चाहलले समान २–२ विकेट लिएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.