टी–ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा नेपाल

जेठ १। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले आगामी जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा जुलाई १० मा अमेरिकासँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । अर्काे वर्ष भारतमा हुने टी–ट्वान्टी विश्वकप छनोट चरणको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नुपर्ने भएको छ । यस्तै, नेपालले ११ जुलाईमा नामिविया, १३ जुलाईमा आयरल्याण्ड, १५ जुलाईमा हङकङ, १७ जुलाईमा पपुवा न्यु गिनी तथा १८ जुलाईमा जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, आइसीसीले सार्वजनिक गरेको अभ्यास खेल तालिकाअनुसार प्रतियोगिताअघि नेपालले पहिलो अभ्यास खेलमा ६ जुलाईमा ओमान तथा दोस्रो अभ्यास खेलमा ७ जुलाईमा युएईसँग खेल्नेछ । प्रतियोगिताको अन्तिम खेल डब्लिनमा २६ जुलाईमा हुनेछ । प्रतियोगिताका शीर्ष ६ टोलीले अर्काे वर्ष (मार्च ११– अप्रिल ३) सम्म भारतमा हुने टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छन् । स्कटल्याण्ड र युएईबीच जुलाई ९ तारिखमा इडेनवर्गमा उद्घाटन खेल हुनेछ । प्रतियोगिताको साविक विजेता आयरल्याण्ड हो । आयरल्याण्डले प्रतियोगितामा ह्याट्रिक गरिसकेको छ । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका छन् । सहभागी १४ टोलीलाई आइसीसीले दुई समूहमा विभाजन गरेको छ । नेपाल सम्मिलित ‘समूह ए’ मा आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी (पीएनजी), नामिविया, अमेरिका र जर्सी रहेका छन् । यस्तै ‘समूह बी’ मा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्याण्ड्स, स्कटल्याण्ड, क्यानाडा, केन्या र ओमान छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.