अंक तालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किङ्ग्स

जेठ २। चेन्नई सुपर किङ्ग्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै इण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफमा पुगेको छ ।
शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा चेन्नईले किङ्ग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित गर्‍यो । जितसँगै चेन्नई १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
पन्जाबले प्रस्तुत गरेको १३१ रनको लक्ष्य चेन्नईले १६.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात भने खराव थियो । माइकल हसी १ रनमै आउट भए । ब्रेन्डन म्याकलम ६ रनमा आउट हुँदा चेन्नईको स्कोर मात्र १० रन थियो ।
तर, फाफ डुप्लेसिस र सुरेश रैनाले पारी सम्हाले । डुप्लेसिस ५५ रनमा आउछ भए भने रैनाले ४१ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी २५ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । उसका लागि कक्षर पटेलले ३२ र ऋषि धवनले अविजित २५ रन जोडे ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.