Responsive Ad Slot

ताजा समाचार

latest

अंक तालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किङ्ग्स

May 17, 2015

/ by kpcat
जेठ २। चेन्नई सुपर किङ्ग्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै इण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफमा पुगेको छ ।
शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा चेन्नईले किङ्ग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित गर्‍यो । जितसँगै चेन्नई १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
पन्जाबले प्रस्तुत गरेको १३१ रनको लक्ष्य चेन्नईले १६.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात भने खराव थियो । माइकल हसी १ रनमै आउट भए । ब्रेन्डन म्याकलम ६ रनमा आउट हुँदा चेन्नईको स्कोर मात्र १० रन थियो ।
तर, फाफ डुप्लेसिस र सुरेश रैनाले पारी सम्हाले । डुप्लेसिस ५५ रनमा आउछ भए भने रैनाले ४१ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी २५ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । उसका लागि कक्षर पटेलले ३२ र ऋषि धवनले अविजित २५ रन जोडे ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat