Responsive Ad Slot

प्रतिवन्ध हट्यो मच्छिन्द्र र सरस्वती क्लब माथिको

No comments

Jul 27, 2015

अखिल नेपाल फुटबल संघ एन्फाले मच्छिन्द्र र सरस्वती क्लबमाथिको प्रतिवन्ध हटाएको छ । चित्तबुझ्दो जवाफ नदिएको भन्दै फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबमाथिको प्रतिवन्ध भने कायमै छ ।
एन्फाको आइतबार बसेको बैठकमा एन्फामा रहेका मच्छिन्द्र र सरस्वती क्लबका प्रतिनिधि समेत उपस्थित थिए । बैठकपछि एन्फाका सीईओ इन्द्रमान तुलाधरले भने-‘चित्तबुझ्दो जवाफ आएका मच्छिन्द्र र सरस्वतीको प्रतिवन्ध हटाइएको छ ।’
तर, फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबले भने चिक्त बुझ्दो जवाफ नदिएकाले प्रतिवन्ध कायमै छ । तुलाधरले भने-‘हामी उहाँहरुलाई भोलि तपाईहरुको केही छ भनेर पत्र पठाउँछौं ।’

एथलेटिक्स टोली फ्रान्स जाँदै

No comments
वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित नेपाली टोली प|mान्सको लियोन जाने भएको छ ।
अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा विश्वरत्न मानन्धर रहेका छन् ।
१९ सदस्यीय टोलीमा नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही, मिडियाबाट विजय पाण्डे र रामकृष्ण आले मगर पनि छन् । टोली अगष्ट २ तारिख जाँदैछ ।
टोलीलाई गजराज जोशी ट्रष्टले झोरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्‍यो । च्याम्पियनसिपमा विभिन्न १ सय ८८ राष्ट्रका ८ हजार ४ सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् ।
कार्यक्रममा भूकम्पका परी ज्यान गुमाएका भगवती क्लबका उपाध्यक्ष गजेन्द्र श्रेष्ठको परिवारलाई गजराज जोशी ट्रष्टले आर्थिक सहयोग प्रदान गरेको थियो ।
क्लबको तर्फबाट मनीषा जोशीले स्व. गजेन्द्रका छोरा धीरेन्द्रलाई २० हजार नगद हस्तान्तरण गरिन् ।

स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त विजेता

No comments
वर्षाका कारण खेल रद्द भएपछि स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त रुपमा टी-२० विश्वकप छनोट क्रिकेटको विजेता घोषित भएको छ ।
डब्लिनमा लगातार वर्षा भएपछि टस समेत हुन सकेन । लगातारको वर्षापछि म्याच अफिसियलले खेल रद्द भएको घोषणा गरेका छन् ।
यसअघि २००८ मा पनि नेदरल्याण्ड र आयरल्याण्ड संयुक्त रुपमा विजेता बनेका थिए ।

रोनाल्डो र मेसीलाई पछि पारे धोनीले

No comments
भारतका एकदिवसीय कप्तान महेन्द्रसिंह धोनी विश्वकै सबैभन्दा मार्केटेबल खेलाडीको सूचीमा नवौँ स्थानमा छन् । उनले यसक्रममा विश्वचर्चित फुटबलर क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीसहित एथलेटिक्सका महान् हस्ती युसेन बोल्ट र टेनिसकी सेरेना विलियम्सलाई पछि पारेका हुन् ।
लण्डन स्कुलले तयार पारेको यस सूचीमा धोनीलाई माथिल्लो स्थान दिइनुको कारण बारे लेखिएको छ, ‘उनी एकदिवसीय क्रिकेटका अहिलेसम्मकै सर्वाधिक उत्कृष्ट फिनिसरमध्ये एक हुन् ।’
उक्त सूचीमा टेनिस खेलाडी रोजर फेडेरर पहिलो स्थानमा छन् । त्यस्तै गल्फका टाइगर उड्स दोेस्रो स्थानमा छन् भने गल्फकै फिल माइकेलसन तेस्रो स्थानमा छन् ।
अधिकांश टेनिस खेलाडीको वचश्र्व रहेको यस सुचिमा फुटबल क्रिस्ट्रियानो रोनाल्डोले मात्रै शीर्ष दशभित्र स्थान बनाए । सूचीमा लियोनल मेसी १३ औँ स्थान तथा नेइमार १५ औँ स्थानमा छन् ।

युनाइटेडमा रोनाल्डो फर्कने सम्भावना छैन

No comments
म्यानचेष्टर युनाइटेड का प्रशिक्षक लुइस भान हालले क्लबका लागि अझै आक्रामक स्टार फुटबलर चाहिएको बतएका छन् । तर, उनले क्रिष्टियानो रोनाल्डो वल्र्ड ट्रफड फर्कने सम्भावना अस्वीकार गरेका छन् ।
पोर्चुगलका रोनाल्डोले युनाइटेडमा ६ वर्ष बिताए । तर, २००९ मा कीर्तिमानी ८० मिलियन पाउण्डमा रियल मड्रिड गए । बेला बेला उनले युनाइटेड फर्कने चाहेको चर्चा पनि नभएको होइन ।
प्रशिक्षक भान हालले भने–‘बार्सिलोनासँग लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज छ । हामीले पनि त्यस्तै खेलाडी खोजेका छौं ।’
म्यानचेष्टर युनाइटेडका समर्थकहरु रोनाल्डो क्बलमा फर्किएको हर्न चाहन्छन् । तर, डचम्यानले भने–त्यो सम्भव छैन ।’
म्यानचेष्टर युनाइटेडले एन्जल डि मारियालाई पेरिस सेन्ट जर्मेनलाई बेच्दैछ भने बार्सिलोनाका पेड्रोलाई भित्र्याउने प्रयास गरेको छ । गोलकिपर डेभिड डि जिया रियल मड्रिड जाने तयारीमा रहेकाले अर्जेन्टिनाका सर्जिओ रोमेरोलाई भित्र्याएको छ ।

नेपाल टी-२० अन्तराष्ट्रियको इतिहासकै दोस्रो न्यून स्कोरर

No comments

Jul 14, 2015


टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले घरेलु टोली आयरल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाललाई टी-२० अन्तराष्ट्रियकै दोस्रो न्यून स्कोरमा समेटेको आयरल्याण्डले ८ विकेटले जित हात पारेको छ ।
नेपालले प्रस्तुत गरेको ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ’ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए ।
पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो ।
यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर, राजेश पुलामी मगरले समान ६-६ रन जोडे भने अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी २-२ रनमै आउट भए । प्रदिप ऐरी, विनोद भण्डारी र शक्ति गौचनले खाता नै खोल्न सकेनन् । सोमपाल कामी शून्य रनमै अविजित रहे ।
आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।
आयरल्याण्ड शीर्ष स्थानमा, नेपाल चौथो
जितसँगै आयरल्याण्ड ३ खेलबाट ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । २ खेलबाट ३ अंक जोडेको पपुपा न्यूगिनी दोस्रो र ३ खेलबाट ३ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
३ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार हङकङसँग खेल्नेछ ।
जर्सी २ अंकका साथ पाचौं स्थानमा छ भने १ अंक जोडेको हङकङ छैटौं र तीन वटै खेल गुमाएको अमेरिका पुछारमा छ ।

समर युनिभर्सियाड गेममा नेपाल पदकविहीन

No comments

Jul 13, 2015

२८ असार, काठमाडौं । दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम- २०१५ मा नेपालको नेपाल पदकविहीन भएको छ ।
युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो । आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै पराजित भए ।
छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासँग पराजित भइन् । निमा ५-१८ ले पछि परिन् ।
यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन् । सीता दोश्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन् । सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन् ।
त्यस्तै जाङसियोङ होङग्लीडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेन्ज्युएलाका कोरिए फिग्युरोसंग ८-११, ५-११, ११-६, ७-११ र १२-१४ ले पराजित भए ।
टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरीसकेका छन् ।
टेबलटेनिसमा सबैभन्दा बढी ७ खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोमा ३, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २-२ तथा लनटेनिसमा १ खेलाडी सहभागी थिए । खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन् ।
दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो । चीनमा भएको २६ औं संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुसको कजानमा भएको २७ औं संस्करणको बुद्धिचाल र साम्बोमा समान २-२ खेलाडीले भाग लिएका थिए ।
ओलम्पिक पछि दोश्रो ठूलो बृहत मानिने यो खेल मेलामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् । विभिन्न २१ खेलमा २ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले आज आयरल्यान्डको सामना गर्ने

No comments
असार २८। विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिताको आप्mनो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डको समाना गर्दै मैदानमा उत्रने भएको छ । आयरल्यान्डको बेलफास्टमा हुने सो प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार आज  सोमबार बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो । आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले जारी प्रतियोगितामा एक खेलमा जित तथा एक खेल बराबरी खेलको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नामिबियासँग बराबरी खेलेको थियो । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र नामिबियाले अङ्क बाडेका थिए । नेपालले जारी प्रतियोगितामा तीन अङ्क जोडेको छ । आज पाँच टोली एक आपसमा भिड्दै छन् । क्यानडा र ओमन आमनेसामने हुदँैछन् भने आयरल्यान्डले अमेरिकाको समाना गर्दैछ । त्यसैगरी पपुवा न्यूगिनी र जर्सी तथा नेदरल्यान्डस र संयुक्त अरब इमिरेट्स (युएइ) आमने सामने हुदैछन् । समूह ए मा रहेको नेपालले समूह चरणका खेलमा अब आयरल्यान्डसँगै हङकङ, पपुवान्युगिनी र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

बंगलादेशले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो

No comments
२७ असार, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकामाथि ७ विकेटको शानदार जित हात पारेको छ । यससँगै तीन एकदिवसीय श्रृखला १-१ को बराबरी भएको छ ।
मीरपुरमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १६२ रन बनायो । यो उसले बंगलादेशमा बनाएको सबैभन्दा कम स्कोर हो ।
उसका लागि फाफ डुप्लेसिसले ४१ र फरहान बहारडिनले ३६ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर हरमान र नासिर हुसेनले ३-३ विकेट लिए । रुबेल हुसेनले २ तथा महमुदुल्लाह र मार्टाजाले १-१ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको घरेलु टोलीले २७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । तमिम इकबाल मात्र ५ रनमा आउट भए भने लिटन दास १७ रनमा आउट हुँदा टीमको स्कोर मात्र २४ रन थियो ।
तर, सौम्य सरकारले महमुदुल्लाहसँग तेस्रो विकेटका लागि १३५ रनको साझेदारी गरे । हमुदुल्लाह ५० रनमा आउट भए । सरकार ८८ रनमा अविजित रहे ।
नट आउट रहेका सकिल अल हसनले खाता नै खोल्न सकेनन् ।

विश्वकप छनोटमा नेदरल्याण्डको दोस्रो जित

No comments
२६ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्डले दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेदरल्याण्डले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
पहिलो खेलमा अफगानिस्तानसँग हारेको नेदरल्याण्डले दोस्रो खेलमा आयोजक मध्येको एक स्कटल्याण्डलाई हराएको थियो ।
पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११९ रन बनायो । उसका स्वप्निल पटेलले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
यूएईलाई सस्तैमा समेट्ने क्रममा असन मल्लिक, रोइलोफ भान डेर र माइकल रिपोनले २-२ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको नेदरल्याण्डले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि बेन कुपरले ३८ बलमा तीन चौका र तीन छक्काको मदतमा अविजित ५० रन बनाए । माइकल स्बार्टले १९ र वेस्ले बारेसीले १८ रन बनाए ।
जितपछि नेदरल्याण्डको ३ खेलबाट ४ अंक भएको छ । तर, रन रेटका आधारमा तेस्रो स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको अफगानिस्तान शीर्ष र केन्या दोस्रो स्थानमा छ ।
२ खेलबाट २ अंक जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ । ओमान, क्यानडा र यूएईले खाता खोल्न सकेको छैनन् ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat