नेपाललाई तीन पदक


भाद्र २३।  ६१ औं थाइल्यान्ड ओपन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालले दुई रजत र एक काश्य गरी तीन पदक जितेको छ ।
नेपालका लागि सरस्वती भट्टराईले आफूले भाग लिएको दुवै स्पर्धा रजत पदक जितेकी हुन् । उनले ८०० मिटर दौडमा २ मिनेट १८.७ सेकेन्डको टाइमिङमा पुरा गर्दै रजत पदक जितेकी हुन् । उनले १५ से मिटर दौडतर्फ ४ मिनेट ४२ सेकेन्डको समय निकाल्दै रजत पदक हात पारिन् ।
अमृता महतोले डिस्कस थ्रोतर्फ काश्य पदक जित्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले ४०.३१ मिटर फ्याक्दै डिक्सक थ्रोतर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।
नेपाल एथलेटिक्स संघको पहलमा आठ एथलेटिक्स खेलाडीले बैंककमा ४० दिने प्रशिक्षण पछि ६१ औं थाइ एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका हुन् ।
नेपालबाट सहभागी भएका अन्य खेलाडीमा हाइजम्पमा सुर्य खत्री, लङ्ग र त्रिपल जम्पमा डिल्ली खत्री, १०० र २०० मिटरमा आशिष चौधरी, ८०० मिटरमा मुक्ती बहादुर खड्का, जाभलिङतर्फ सिमाकुमार थारु, महिलाको १०० र २०० मिटरमा सरस्वती चौधरीको सहभागीता रहेको छ ।
प्रतियोगिता ६ देखि १० सेप्टेम्बरसम्म चल्ने छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.