Responsive Ad Slot

ताजा समाचार

latest

‘म्याच फिक्सिङ’ आरोपी खेलाडीहरुको हिरासत म्याद तीन दिन थप

Oct 28, 2015

/ by Unknown
कार्तिक ११।  खेल मिलेमतोको आरोपमा पक्राउ परेका वर्तमान तथा पूर्व गरी पाँच फुटबल खेलाडीको म्याद थप भएको छ ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा १४ दिनदेखि रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएकामा तीन दिन थपिएको हो । १७ दिन हिरासतमा राख्ने निर्णय भएकामा १४ दिन गुज्रिसकेको छ । तीन दिनपछि थप निर्णयगर्ने जनाइएको छ ।

राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्ने भएकाले खेलाडीहरुलाई विशेष अदालत लगिएको हो ।

प्रहरीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमका निलम्बित कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्रीलाई गत असोज २७ गते पक्राउ गरेको थियो ।

आरोपी सबै खेलाडीलाई एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि तत्कालका लागि निलम्बन गरेको छ ।

प्रारम्भिक छानबिनका क्रममा अन्य खेलाडी तथा केही पदाधिकारीहरुसमेत मुछिने शंका गरिए पनि प्रहरीले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेको छैन । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat