‘म्याच फिक्सिङ’ आरोपी खेलाडीहरुको हिरासत म्याद तीन दिन थप

कार्तिक ११।  खेल मिलेमतोको आरोपमा पक्राउ परेका वर्तमान तथा पूर्व गरी पाँच फुटबल खेलाडीको म्याद थप भएको छ ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा १४ दिनदेखि रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएकामा तीन दिन थपिएको हो । १७ दिन हिरासतमा राख्ने निर्णय भएकामा १४ दिन गुज्रिसकेको छ । तीन दिनपछि थप निर्णयगर्ने जनाइएको छ ।

राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्ने भएकाले खेलाडीहरुलाई विशेष अदालत लगिएको हो ।

प्रहरीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमका निलम्बित कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्रीलाई गत असोज २७ गते पक्राउ गरेको थियो ।

आरोपी सबै खेलाडीलाई एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि तत्कालका लागि निलम्बन गरेको छ ।

प्रारम्भिक छानबिनका क्रममा अन्य खेलाडी तथा केही पदाधिकारीहरुसमेत मुछिने शंका गरिए पनि प्रहरीले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेको छैन । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.