Responsive Ad Slot

ताजा समाचार

latest

एसियन खेलमा सहभागी आर्चरी खेलाडीको विदाई

Oct 29, 2015

/ by Unknown

कार्तिक १२।  एसियन च्याम्पियनसीपमा सहभागि हुने आर्चरी खेलाडीहरुलाई बुधबार पोखराबाट विदाई गरिएको छ ।
थाईल्याण्डको बैंककमा नोभेम्बर एकदेखि ९ तारिखसम्म हुने साफ च्याम्पियनसीपमा सहभागि हुन जान लागेका आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी असिम शेरचन र कृष्णकुमार (के.के.) गुरुङलाई पोखरामा विदाई गरिएको हो ।
कास्की जिल्ला आर्चरी संघको आयोजनामा भएको विदाई कार्यक्रममा नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष हरीध्वज तुलाचन, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख डिवी नेपाली, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, संघ कास्कीका अध्यक्ष बसन्त थकाली, क्षेत्रीय प्रशिक्षण प्रमुख बिद्या मर्सानीलगायतले अविर र खादा लगाइदिएर पूर्ण सफलताको कामना गरेका थिए ।
शेरचन र गुरुङसहित जितबहादुर मोक्तान, प्रेमप्रसाद पुन र एक महिला खेलाडी कृष्ण माया स्याङतेन साफ च्याम्पीयनसिपमा सहभागि हुँदैछन् ।
विदाई कार्यक्रममा बोल्दै आर्चरी खेलाडी असिम शेरचनले आर्चरीमा नेपालको सम्भावना राम्रो रहेको बताए ।
अर्का खेलाडी केके गुरुङले पनि मलेसिया पछि नेपाल आर्चरीमा बलियो रहेको दाबी गर्दै यो खेल नेपालका लागि सम्भावना भएको जिकिर गरे ।
आर्चरीका खेलाडीहरु विहीबार विहान पोखराबाट काठमाडौं जानेछन् भने शुक्रबार काठमाडौंबाट थाईल्याण्ड प्रस्थान गर्नेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat