इमर्जिङ नेशन्स’ क्रिकेट नेपाल पनि खेल्ने


कार्तिक १३।  एसियन क्रिकेट काउन्सिल (एसिसी)ले उदयमान एशोसियट राष्ट्रहरुलाई लक्षित गर्दै ‘इमर्जिङ नेशन्स कप’ आयोजना गर्ने भएको छ ।
यस्तो प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली पनि सहभागी हुनेछ ।
सिंगापुरमा बसेको एसीसीको बैठकले टेष्ट मान्य प्राप्त एसियाली राष्ट्रलाई समेत सहभागी गराएर २०१७ देखि इमर्जिङ कप गर्ने निर्णय गरेको हो । प्रतियोगिता एक दिवसीय फम्र्याटको हुनेछ ।
इमर्जिङ कपमा एसियाका टेष्ट राष्ट्रहरु भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली रहनेछन् । अफगानिस्तान, नेपाल र ओमान लगायतका देशको पहिलो सिनियर टोलीले नै भाग लिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव अनुराग ठाकुरले जानकारी दिए ।
एशोसियट राष्ट्रको क्रिकेट विकासका लागि इमर्जिङ कप गर्ने निर्णय भएको उनले बताए । प्रतियोगितामा टेष्ट राष्ट्रका ‘ए साइड’ टोलीमा सिनियर ३ खेलाडी अनिवार्य रुपमा खेलाउनुपर्ने निर्णय भएको छ । इर्मजिङ नेशन्स कप हरेक दुई वर्षमा हुनेछ ।
यसैगरी एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका क्रिकेट एशोसीयसनको वाषिर्क आम्दानीको २ प्रतिशत रकम एसोसियट राष्ट्रमा लगानी गर्ने निर्णय पनि भएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.