दाङमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्दै

कार्तिक १४ । दाङ देउखुरीको लमहीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको विस्तृत योजना बनाउन सुरु गरिएको छ । लमहीको रातोडाँडामा बन्ने क्रिकेट मैदानका लागि यस बर्ष एक करोड बजेट विनियोजन गरिएको छ ।
डा. बाबुराम भट्टराईको कन्सेप्ट
एक दशक अघि नै अन्तर्राष्ट्रियस्तरको क्रिक्रेट मैदानको परिकल्पना गर्दै पूर्व-पश्चिम राजमार्गले छोएको लमहीमा जग्गा छुट्याइएको थियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले रातोडाँडामा लमहीको टाउनप्लानिङको ‘कन्सेप्ट’ तयार पारेका थिए । सोही टाउनप्लानिङ भित्र ९५ मिटर रेडियसमा क्रिकेट मैदान बनाउन जग्गा छुट्टाइएको हो । उक्त क्रिकेट मैदानमा १५ मिटरको प्याराफिटसमेत परिकल्पना गरिएको छ ।
एक करोड बजेट बिनियोजन
यस बर्ष एक करोड रुपैयाँ बजेट छुट्याएर क्रिक्रेट मैदानको दीगो भौतिक पूर्वाधार विस्तारकालागि विस्तृत गुरुयोजना बनाउन थालिएको छ । लमही नगर विकास समितिले ८० लाख र खेलकुद मन्त्रालयले २० लाख रकम छुट्टयाएका हुन् । त्यसअघि मैदान निर्माणमा ७० लाख बढी खर्च भैसकेको छ ।
नगर विकास समितिले आन्तरिक कोषबाट ५ लाख रुपैयाँ खर्च गरेर डिजाइन गर्न डाइमेन्सन इञ्जिनिरिङ्ग कन्सल्टेन्सीलाई जिम्मा दिएको छ । ‘कन्सल्टेन्सी र समितिबीच अहिले डिजाइनको विषयलाई लिएर छलफल भैरहेको छ,’ लमही नगर विकास सिमितिका अध्यक्ष सुवेदीले अनलाइनखबरसँग भने, ‘अब बन्ने योजनालाई आधार मानेर मैदानमा बजेट खर्च गरिने छ ।’
सो रकम बन्दै गरेको विस्तृत योजनाअनुसार खर्च गरिने छ । मैदानलाई तत्काल स्थानीयस्तरको खेल प्रतियोगिता आयोजना गर्नेसम्म बनाउने लक्ष्य राखिएको छ । त्यसपछि थप आर्थिक स्रोत र दाताको खोजी गरी मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने दीर्घकालीन योजना बनाइएको छ ।
क्यानले ध्यान नदिएको गुनासो

‘स्थानीयस्तरमा छलफल गरी योजना परिवर्तन गरियो र क्रिक्रेट मैदान बनाउने तर्फ सबैको ध्यान गयो,’ सब इन्जिनियर अर्यालले भने, ‘क्यानको आश्वासनमा धेरै काम समितिले आफै पनि गर्‍यो तर, पछि क्यानले चासो नदिँदा समस्यामा परिएको हो ।’२०५७/५८ सालमा एथलेटिक्स खेलको लागि भनेर जग्गा छुट्याइएको भए पनि क्रिक्रेट खेलको क्रेज बढेपछि योजना परिवर्तन गरी क्रिक्रेट मैदानको रुपमा विकास गरिएको थियो । त्यसका लागि क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)ले पनि पहल गरेको थियो । तर, पछि क्यानको साथ नपाउँदा हालसम्म पनि क्रिकेट मैदानले पूर्णता नपाएको लमही नगर विकास समितिका सव-इन्जिनियर तुलसीराम अर्यालले बताए ।
मैदान निर्माण गर्न र क्यानलाई स्वामित्व हस्तान्तरण गर्न समिति तयार भएपनि अन्तिममा आएर क्यानले बेवास्ता गरेको लमही नगर विकास समितिको ठहर छ ।
अहिले उक्त क्रिकेट मैदान गौचरण र ड्राईभिङ सिक्ने थलोको रुपमा परिणत भएको छ । स्थानीय खेलाडीहरु सार्वजनिक चौर, सडकमा क्रिक्रेट खेल्न बाध्य छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.