मंसिर ४। विश्व फुटबलको सर्बोच्च निकाय फिफाले निलम्बित अध्यक्ष सेप ब्लाटर तथा उपाध्यक्ष मिचेल प्लाटिनीको अपिल खारेज गरेको छ ।
ब्लाटर तथा युरोपियन फुटबल महासंघका अध्यक्षसमेत रहेका प्लाटिनीले आफूहरुमाथी लागेको ९० दिनको निलम्बनबिरुद्ध गरेको अपिल फिफाले खारेज गरेको हो ।
गतअक्टोबरमा भ्रष्टाचारको आरोपमा छानबिनका लागी भन्दै फिफाले तत्कालिन अध्यक्ष सेप ब्लाटर, उपाध्यक्ष मिचेल प्लाटिनी तथा महासचिब जेरोमी भ्लाकेलाई ९० दिनसम्म कुनै पनि फुटबल गतिबिधीमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको थियो ।
फिफाले अपिल अस्विकार गरेसँगै फिफा अध्यक्षका प्रत्यासी बनेका युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीमाथी संकट थपिएको छ ।
निलम्बनका कारण उनले आउँदो फ्रेबुअरीमा हुने फिफा अध्यक्ष पदको निर्बाचनमा समर्थन जुटाउन सक्ने छैनन् ।
प्लाटिनीले निलम्बन बिरुद्ध अब अदालतमा अपिल गर्ने बताएका छन् । फिफाको बिशेष कमिटिले पूर्बउपाध्यक्ष तथा आगामी निर्बाचनमा अध्यक्षका प्रत्यासी चुङ मोङलाइ पनि ६ बर्षको प्रतिबन्ध गरेको छ ।
Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.