पोखरा–११ ले बेलायतको मेरीलेबोन क्रिकेट क्लबलाई हरायो

मंगसिर १।  पोखरा–११ ले बेलायतको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ५ विकेटको जित हासिल गरेको छ ।

सोमबार पोखरामा भएको मैत्रीपूर्ण क्रिकेटमा दिपेश खत्रीको कप्तानीमा मैदानमा उत्रिएको पोखरा–११ विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पार्‍यो

एमसीसीको तर्फबाट माइकल कोल्सले सर्वाधिक ६१ रन जोडे भने स्टिप क्लार्कले अर्धशतक पूरा गरे । उनले ५६ रन जोडेका हुन् । एमसीसीका कप्तान निल डेक्सटरले २८ रनको योगदान गरे ।

पोखरा–११ का दिपेश खत्रीले २, अमृत गुरुङले २ र विपीन खत्री र जिमी गुरुङले एक/एक विकेट झारे ।

२ सय ३ रनको लक्ष्य पोखरा–११ ले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखरा–११ को जितमा अनिल गुरुङले ७५ रन जोडे भने शिव सुवेदीले २८, विधान श्रेष्ठले २३ रन जोडे ।

एमसीसीका कप्तान निल डेक्सटरले २ विकेट लिए ।

पोखरा–११ का अनिल गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.