बारा खेलकुद विकास समितिमा तालाबन्दी

कार्तिक १४।  जिल्ला खेलकुद विकास समिति बारामा बिबाद बढेपछि शुक्रबार फुटबल खेलाडीहरुले तालाबन्दी गरेका छन् ।
फुटबल, क्रिकेट, कबड्डी, खोखो, भलिबल, कुस्ति लगायतका बिभिन्न १६ किसिमका खेलको खेलाडी छनौट गर्ने बिषयमा बारा खेलकुद समितिमा बिबाद हुँदै आएको छ । सातौं क्षेत्रिय प्रतियोगिताका लागि जिल्लामा ति खेलका खेलाडी छनौट गर्नेमा बिकास समितिले मनोमानी गरेको फुटबल खेलाडी आनन्द गुप्ताले बताए ।
जिल्लाबाट छनौट गर्नुपर्ने खेलाडीहरुलाई सूचना नै नदिई मनोमानी तरिकाले आफूखुशी खेलाडी छनौट गर्न लागिएको आरोप असन्तुष्ट खेलाडीले लगाएका छन् । जिल्लाका सबै खेलाडीहरुलाई जानकारी नदिई खेलकुद समितिले आफ्नो मान्छे भर्ती गर्ने प्रपञ्च रचेको आरोप फुटबल खेलाडीहरुको छ ।
कलैयामा हुनुपर्ने छनौट प्रक्रिया जारी मधेस आन्दोलनका कारण असुरक्षा देखाई जिल्लाको मनहर्वामा खेलाडीहरुको छनौट गर्न लागेको खेलकुद बिकास समितिका प्रमुख प्रदीप शर्माले बताए । असोज २१ गतेदेखि असोज २७ गतेसम्म पहिलोपटक आवेदनको मिति तय गरेको हुँदा विविध कारणले हुन नसकेपछि असोज मसान्तसम्म सो म्याद बढाए पनि हुन नसक्दा कात्तिकको १० गते भित्र आवेदन आइसक्नुपर्ने उनले बताए ।
कार्यालयका प्रमुख शर्माले यस्तो बताए पनि सोको जानकारी खेलाडीलाई नभएको खेलाडीहरुले बताए । आफूहरुले सूचना नपाउँदा र्फम भर्नबाट बञ्चित भएकाले कार्यालयमा तालाबन्दी गर्नुपरेको असन्तुष्ट खेलाडीहरुको भनाइ छ ।
समितिको कुरा बाझियो
असन्तुष्ट खेलाडीहरुले तालबन्दी गरेपनि खेलकुद बिकास समितिका अध्यक्ष दिलबहादुर लामाले समितिको बैठक बसेर भएको निर्णय बमोजिम मनहर्वा खेलाडी छनौट भइरहेको बताए । तर खेलकुद समितिकै कोषाध्यक्ष रहेका पंकज पाण्डेले बैठकले गरेको सो निर्णयको बारेमा आफूलाई केही जानकारी नभएको बताए ।
खेलकुद समितिका अध्यक्ष लामाले बिभिन्न खेलका खेलाडीहरुको र्फम भर्ने र छनौट गर्नेबारे ति खेलका बिषयगत समितिलाई जानकारी गराएको बताए । तर ,बारा जिल्ला फुटवल संघका कार्यवाहक अध्यक्ष राजेश्वर गौतमले आफूलाई समितिका अध्यक्ष लामाले भन्ने जस्तै कुनै जानकारी नभएको बताए ।
शुक्रबारदेखि शुरु भएको खेलाडी छनौट प्रक्रिया शनिबारसम्म हुने समितिका प्रमुख शर्माले बताए । शर्माका अनुसार छनौट भएका खेलाडीहरु चाडै क्षेत्रिय स्तरको प्रतियोगितामा सहभागि गराइने बताए । राष्ट्रिय प्रतियोगिता मंसिरमा हुने उनले बताए ।
बकुलहर क्रिकेट क्लब बिजयी
यसैबीच बाराको कलैया नगरपालिकाको मझौलियामा जारी जिल्लास्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा महागढीमाई नगरपालिकाको गञ्जभवानीपुर क्रिकेट क्लबलाई बकुलहर क्रिकेट क्लबले पराजित गरेको छ ।
टस जिति ब्याटिङ रोजेको बकुलहर क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा १५ ओभरमै अल आउट हुँदा ६५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको गंजभवानीपुर क्रिकेट क्लब चार विकेटको क्षतिमा १० ओभरको समाप्तीसँगै ६४ रनमा समेटियो ।
खेलको म्यान अफ दी म्याच गञ्जभवानीपुरका जंगबहादुर साह भएका छन् । कुशल बचत तथा ऋण सहकारी संस्था कलैया नगरपालिकाको उतरझिटकैयाको आयोजनामा खेल भइरहेको छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.